नेपाली क्रिकेट टोलीमा ठूलो परिवर्तन
kendrabindu.com · Tue Aug 11 01:14:44 GMT 2026
काठमाडौं । नेपालले सेप्टेम्बर १ बाट मलेसियामा हुने एसीसी प्रिमियर कप क्रिकेटका लागि टोलीमा ठूलो परिवर्तन गरेको छ । एसिया कपको छनोटको आधार रहेको प्रिमियर कपका लागि क्यानले सोमबार चयन गरेको १४ सदस्यीय नेपाली टोलीमा पछिल्लो भ्रमणमा गएको टोलीबाट ६ खेलाडीले स्थान गुमाएका छन् ।
सन्दीप लामिछानेको कप्तानीमा छनोट भएको १४ सदस्यीय नेपाली टोलीमा आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी, हेमन्त धामी, सन्दीप जोरा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)