इरान युद्ध : ट्रम्पद्वारा इरानसँग क्षतिपूर्तिको अडान
khabarhub.com · Tue Aug 11 01:16:22 GMT 2026

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वका क्रममा भएको क्षति र मानवीय हानिको क्षतिपूर्ति माग्ने घोषणा गरेका छन्। इरानले ५ महिना लामो युद्धका कारण भएको क्षतिको भरपाई अमेरिकाले गर्नुपर्ने शर्त राखेको केही दिनपछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो।
यसअघि तेहरानले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य पूर्ण रूपमा खुलाउनका लागि वासिङ्टनसामु क्षतिपूर्तिको शर्त तेर्स्याएको थियो। ट्रम्पले भने त्यसको जवाफमा इरान समर्थित गतिविधि र आक्रमणबाट क्षति भोगेका पीडितका लागि इरानले नै क्षतिपूर्ति तिर्नुपर्ने अडान दोहोर्याएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)