सुकुम्बासीको पीडा : ‘सरकारले घरबाट होइन, देशबाटै लखेट्यो’
annapurnapost.com · Tue Aug 11 01:15:24 GMT 2026

नेपालगन्ज : साउने झरी परिरहेको थियो। नेपालगन्जका सडक भिजेका थिए। त्यही सडकमा मीना उपाध्याय भने आफ्नी डेढ वर्षकी छोरीलाई पिठ्युँमा बोकेर हिँडिरहेकी थिइन्। उनको हातमा एउटा प्लेकार्ड थियो, ‘घरबासको व्यवस्था गर।’
सरकारले त साथ दिएन नै, साउने झरीले समेत घरबासविहीन ती महिलाको अर्को कठोर परीक्षा लिँदै थियो। बस्ने घर छैन। भएको छाप्रो पनि सरकारले भत्काइदिएको छ। पति साथमा छैनन्। चार महिनादेखि घरभाडा तिर्न सकेकी छैनन्। अब भाडा तिर्न नसके आफू बसिरहेको ठाउँबाट पनि निकालिनुपर्ने चिन्ता छ। त्यसैले उनी सडकमा निस्किएकी थिइन्। आफ्नो लागि मात्र होइन, पिठ्युँमा बोकेकी सानी छोरी जीविकाको भविष्यको चिन्ता पनि उत्तिकै थियो। ‘सरकारले बास खोस्यो। लोग्नेले पनि साथ छाडे,’ मीनाले भनिन्, ‘खाने अन्नको दानो छैन। आफूले के खाने, यो छोरीलाई के खुवाएर पाल्ने ? ’ कुरा गर्दै गर्दा उनको नजर पिठ्युँकी छोरीतिर गयो। केहीबेर छोरीलाई हेरिन्। अनि फेरि भनिन्, ‘ठूलो संकटमा छु।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)