गुगल प्ले स्टोरभित्रै प्रतिस्पर्धी एप स्टोरको प्रवेश, अब सोझै एप्टोइड गेम्स डाउनलोड गर्न सकिने
techpana.com · Tue Aug 11 01:14:41 GMT 2026

काठमाडौं । एन्ड्रोइडको दुनियाँमा एउटा ठुलो परिवर्तन देखिएको छ । गुगलले अन्ततः आफ्नै पर्खालभित्र अर्को प्रतिस्पर्धी एप स्टोरलाई प्रवेश दिने भएको छ । गुगलको आफ्नै एप स्टोर, गुगल प्ले स्टोर भित्रैबाट अब अर्को एप स्टोर डाउनलोड गर्न सकिने कुरा केही समय अघिसम्म असम्भव जस्तै लाग्थ्यो, तर अब यो वास्तविकतामा परिणत भएको हो ।
चर्चित एप स्टोर एप्टोइड (Aptoide) ले आफ्नो गेमिङमा केन्द्रित प्लेटफर्म एप्टोइड गेम्स अब अमेरिकाको गुगल प्ले स्टोरमा उपलब्ध हुने घोषणा गरेको छ । यसको अर्थ अब अमेरिकी प्रयोगकर्ताहरूले प्ले स्टोरमा गएर एप्टोइड गेम्स सर्च गरी अन्य सामान्य एप जस्तै इन्स्टल गर्न सक्नेछन् । इन्स्टल गरिसकेपछि प्रयोगकर्ताको फोनमा गेमहरू खोज्न र डाउनलोड गर्नका लागि एउटा छुट्टै र स्वतन्त्र स्टोर उपलब्ध हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)