आज यी स्थानमा हुनेछ वर्षा
setopati.com · Tue Aug 11 01:31:28 GMT 2026

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा नेपालको पश्चि भूभागमा सरदरभन्दा केही उत्तर (नेपाल नजिक) तथा पूर्वी भूभागमा सरदर स्थानको आसपास छ।
अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी भागमा साधारणतया बादल लागेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। मधेस प्रदेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बदली भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)