पाकिस्तानी र इरानी विदेशमन्त्रीबीच फोनवार्ता
lokaantar.com

पाकिस्तानका उपप्रधान तथा विदेशमन्त्री मोहम्मद इशाक दारले इरानका विदेशमन्त्री अब्बास अराघचीसँग टेलिफोन वार्ता गरेका छन् । फोनमा उनीहरूले क्षेत्रीय र अन्तर्राष्ट्रिय विकासक्रम र विशेष गरी शान्ति तथा स्थिरता प्रवद्र्धनका प्रयासहरूबारे छलफल गरेका बताइएको छ ।
पाकिस्तानको विदेश मन्त्रालयको विज्ञप्तिअनुसार दारले अराघचीलाई हालै पाकिस्तान, साउदी अरब र टर्कीबीच हस्ताक्षर भएको मक्का संयुक्त रक्षा सम्झौताबारे जानकारी गराएका थिए । उनले यस सम्झौताको उद्देश्य रणनीतिक सहयोग सुदृढ गर्ने र क्षेत्रीय शान्ति तथा सुरक्षामा योगदान पुर्याउने रहेको बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)