मधेसको पछिल्लो अवस्थाबारे गृहमन्त्री र उद्योगमन्त्रीले गरे सांसदहरूसँग संयुक्त छलफल
hamrakura.com · Tue Aug 11 00:00:00 GMT 2026
काठमाडौं। मधेस प्रदेशमा केही समयअघि देखिएको आन्दोलन तथा पछिल्लो राजनीतिक र सुरक्षा अवस्थाबारे गृहमन्त्री सुधन गुरुङ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले मधेसका विभिन्न राजनीतिक दलका सांसदहरूसँग संयुक्त छलफल गरेका छन्।
गृह मन्त्रालयमा करिब दुई घण्टାसम्म चलेको उक्त बैठकमा मधेसमा देखिएको पछिल्लो तनाव, त्यसका कारण, सामाजिक सञ्जालमार्फत फैलिएका भ्रामक सामग्री तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपायबारे विस्तृत छलफल भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)