दरबार हत्याकाण्ड छानबिन गर्ने गृहमन्त्री गुरुङको घोषणा अन्योलमा
kendrabindu.com · Tue Aug 11 02:03:41 GMT 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले २५ वर्ष पुरानो दरबार हत्याकाण्डको छानबिन अघि बढाउने घोषणा गरेका छन् । दोस्रोपटक गृहमन्त्री बन्नेवित्तिकै घोषणा गरेपनि अहिलेसम्म प्रक्रिया भने अघि बढ्न सकेको छैन। नेपाल प्रहरीमार्फत अनुसन्धान अघि बढाउने कि बेग्लै समिति बनाएर जाने भन्नेमै अन्योल हुँदा अनुसन्धान प्रक्रिया सुरु हुन नसकेको बताइएको छ ।
२६ जेठमा गृहमन्त्री बनेको भोलिपल्टै गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसहित सुरक्षा निकायका प्रमुख र गृहका उच्च अधिकारीसँग छलफल गरेका थिए। त्यसक्रममा प्रहरीमार्फत अनुसन्धान अघि बढाउन निर्देशन दिएका थिए। तर प्रहरी अधिकारीले तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको नेतृत्वमा सभामुख तारानाथ रानाभाट र प्रतिनिधिसभाका प्रतिपक्षी दलका नेता माधवकुमार नेपालसमेत भएको समिति गठन भएर प्रतिवेदन बुझाएकाले मन्त्रिपरिषद्बाट निर्णय गर्नु उपयुक्त हुने सुझाव दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)