इरानका राष्ट्रपति र सर्वोच्च नेताबिच भेटवार्ता भएको दाबी
barnanmedia.com · Tue Aug 11 01:55:56 GMT 2026

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले देशका सर्वोच्च नेता मोज्ताबा खामेनेईसँग भेट गरेका इरानको राष्ट्रिय प्रसारक प्रेस टीभीले आइतबार दाबी गरेको छ। उनीहरूबिच देशका सैन्य तथा आर्थिक मामिलाबारे छलफल भएको राष्ट्रपतिको कार्यालय स्रोतलाई उद्धृत गर्दै प्रेस टीभीले उल्लेख गरेको छ।
यो भेट भएको कुरा इजरायली सञ्चारमाध्यमले खामेनीको मृत्यु भइसकेको वा उनी ‘अत्यन्त गम्भीर अवस्था’मा रहेको दाबी गरेको केही दिनपछि सार्वजनिक गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)