काठमाडौँबाट १४ जुवाडे पक्राउ, १ लाख १९ हजार बरामद
himalpress.com · Tue Aug 11 02:35:26 GMT 2026

काठमाडौँ- जुवा तास खेलिरहेको अवस्थामा १४ जना जुवाडे काठमाडौँबाट पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका ३२ पेप्सिकोला स्थित जस्ता(टहरा घरमा जुवा तास खेलिरहेको अवस्थामा ३ बुक तास, १ लाख १९ हजार रकम र मोबाइल १५ थान सहित १४ जना पक्राउ परेका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार ठूलो मात्रामा रकम लेनदेनसहित जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले सोही क्षेत्रमा छापा मारेको थियो। उनीहरूलाई जुवा सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दिन ५ को म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको परिसरले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)