अविरल वर्षाले कहाँ कहाँको सडकमा छ अवरोध ?
corporatenepal.com · Tue Aug 11 02:47:52 GMT 2026

काठमाडौं । केही दिनयता लगातार भइरहेको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न भाग जोड्ने प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।
बागमती प्रदेशमा वर्षाका कारण वीपी राजमार्ग र कान्ति लोकपथमा रातको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। बाढी तथा पहिरोको सम्भावित जोखिमलाई मध्यनजर गर्दै काभ्रे खण्डको वीपी राजमार्गमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ । त्यस्तै, मकवानपुर खण्डमा पर्ने कान्ति लोकपथमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)