नाइमा मोबिलिटी एक्स्पो आजदेखि सुरु, विद्युतीय र नवीनतम सवारी साधनको भव्य प्रदर्शनी
ictsamachar.com
काठमाडाैं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) काे आयाेजनामा आज साउन २६ देखि ३१ गते अर्थात् ११–१६ अगस्ट २०२६ सम्म काठमाडौंको भृकुटीमण्डपमा नाइमा नेपाल माेबिलिटी एक्स्पाे २०२६ नेपालकाे सबैभन्दा ठूलाे अटाे एक्स्पाे (अटो सो) सुरू भएकाे छ ।
अटो सो २०८३ साउन २६ गते (११ अगस्ट २०२६) बिहान नेपाल प्रहरी क्लबस्थित Blue Pavilion Auditorium Hall मा उद्घाटन गरिँदैछ । उद्घाटन सत्रमा नेपाल सरकारका विशिष्ट पदाधिकारीहरु, विभिन्न कूटनीतिक नियोगका अधिकारीहरु, प्रतिष्ठित संघसंस्थाका पदाधिकारीहरु, नाइमाका सञ्चालक समितिका पदाधिकारी एवं सदस्य संस्थाहरु, नाइमा नेपाल प्रदर्शनी साझेदार संस्थाहरु, अटो क्षेत्रसँग सम्बन्धित विभिन्न संस्थाहरुलगायतको विशेष उपस्थिति रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)