रोहित पौडेललाई धन्यवाद दिँदै क्यानले के भन्यो ?
ratopati.com · Tue Aug 11 03:09:51 GMT 2026
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका पूर्वकप्तान रोहित पौडेललाई उनको सफल नेतृत्व र योगदानका लागि विशेष धन्यवाद ज्ञापन गरेको छ। क्यानले सामाजिक सञ्जालमार्फत एक भावुक सन्देश जारी गर्दै रोहितले नेपाली क्रिकेटलाई दिलाएको उचाइ र उनको कप्तानीको प्रशंसा गरेको हो।
क्यानले रोहितको कप्तानी कालमा नेपालले हासिल गरेका महत्त्वपूर्ण उपलब्धिहरूलाई स्मरण गर्दै उनलाई 'देशको आशा बोक्ने निडर सारथि' को रूपमा चित्रण गरेको छ। सन्देशमा भनिएको छ, "नेपाललाई जोस, समर्पण र अटल दृढताका साथ नेतृत्व गर्नुभएकोमा धन्यवाद। तपाईंको नेतृत्वमा हामीले अविस्मरणीय माइलढुङ्गाहरू हासिल गरेका छौँ, जुन नेपाली क्रिकेटको इतिहासमा सधैँ गर्वका साथ रहनेछन्।"
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)