एक लाख ७५ हजारभन्दा बढी अमेरिकी भिसा ट्रम्प प्रशासनले गर्यो रद्द
hamrakura.com · Tue Aug 11 00:00:00 GMT 2026
काठमाडौं। अमेरिकी विदेश मन्त्रालयले सन् २०२५ जनवरीमा राष्ट्रपति डोनल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता एक लाख ७५ हजारभन्दा बढी प्रवेशाज्ञा (भिसा) रद्द गरिएको जानकारी दिएको छ। मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्ति अनुसार विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको पाइएपछि ती भिसाहरू खारेज गरिएको हो।
कुटपिट, मादक पदार्थ सेवन गरी सवारी चलाएको (डीयूआई), चोरी, लागुऔषधसम्बन्धी कसुर, लापरबाहीपूर्ण ड्राइभिङ, यौनजन्य हिंसा, बाल दुर्व्यवहार, जालसाजी र आर्थिक हिनामिना जस्ता गम्भीर अपराधमा संलग्न व्यक्तिहरूको भिसा ठूलो संख्यामा रद्द गरिएको मन्त्रालयले जनाएको छ। अमेरिकी भिसालाई अधिकारभन्दा पनि एक ‘विशेषाधिकार’ को रूपमा परिभाषित गर्दै मन्त्रालयले यसको दुरुपयोग गरी अमेरिकी समुदायको सुरक्षामा आँच पुर्याउने जोकोहीविरुद्ध उपलब्ध सम्पूर्ण कानुनी संयन्त्र प्रयोग गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)