पहिलोपटक विराटनगरमा ‘हिक भिजन एक्सपेरियन्स एक्स्पो २०२६’ आयोजना हुँदै
barnanmedia.com · Tue Aug 11 03:19:25 GMT 2026

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित नवीनतम् ‘स्मार्ट’ सुरक्षा प्रणालीका बारेमा जानकारी दिने ध्येयले ‘हिक भिजन एक्सपेरियन्स एक्स्पो २०२६’ आयोजना हुने भएको छ ।
सुरक्षा प्रविधिका क्षेत्रमा विश्वकै अग्रणी चिनियाँ कम्पनी ‘ब्राण्ड’ हिक भिजनले यही साउन ३१ गते मोरङको विराटचोकमा ‘हिक भिजन एक्सपेरियन्स एक्स्पो कोशी एडिसन’ आयोजना गर्न लागेको हो । पहिलोपटक काठमाडौँ उपत्यका बाहिर हुने सो प्रदर्शनीलाई नेपालमा हिक भिजन तथा इजिभिजका राष्ट्रिय वितरक मल्टिनेशनल ट्रेडिङ प्रालीले समन्वय गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)