गोलबजारमा सामाजिक सद्भाव र्याली (तस्बिरहरू)
ratopati.com · Tue Aug 11 03:39:36 GMT 2026

सिरहा । सिरहाको गोलबजारमा मंगलबार बिहान सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले ‘सामाजिक सद्भाव र्याली’ निकालिएको छ। सुनसरीको देवानगञ्ज गाउँपालिकाकाे -कप्तानगञ्जमा दुई समूहबिच भएको विवादले उग्र रूप लिएपछि उत्पन्न तनावलाई साम्य पार्दै सामाजिक एकता र आपसी भाइचारा कायम गर्न र्याली निकालिए हो।
नागरिक समाज गोलबजारको अगुवाइमा निकालिएको र्यालीले गोलबजार बजार क्षेत्रको परिक्रमा गरेको थियो। र्यालीमा विभिन्न समुदायका स्थानीयवासी, नागरिक समाज, व्यवसायी तथा अगुवाहरूको सहभागिता रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)