नाइमा मोबिलिटी एक्स्पो २०२६ को सम्पूर्ण तयारी पूरा, आज भृकुटीमण्डपमा उद्घाटन
nepalviews.com · Tue Aug 11 03:45:43 GMT 2026

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) को आयोजनामा आजदेखि काठमाडौँको भृकुटीमण्डपमा नाइमा मोबीलीटी एक्स्पो २०२६ सुरु हुँदै छ। साउन २६ देखि ३१ गते (११–१६ अगस्ट २०२६) सम्म सञ्चालन हुने यस बृहत् प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
अटो सोको उद्घाटन आज बिहान ९:०० बजे नेपाल प्रहरी क्लबस्थित ब्लु प्याभिलियन अडिटोरियम हलमा हुनेछ। उद्घाटन समारोहमा नेपाल सरकारका विशिष्ट पदाधिकारीहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रमुखहरू तथा नाइमाका पदाधिकारीहरूको विशेष उपस्थिति रहनेछ। नेपालकै सबैभन्दा ठूलो मोबिलिटी प्रदर्शनीका रूपमा आयोजित यस एक्स्पोमा ५५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अटोमोबाइल एवं मोबिलिटी ब्रान्डहरूको सहभागिता रहेको छ। प्रदर्शनी अवधिभर स्वदेशी तथा विदेशी विज्ञहरूको सहभागितामा ‘Learning Sessions, Policy Dialogues and Industry Interactions’ जस्ता ज्ञानवद्र्धक कार्यक्रमहरू सञ्चालन हुनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)