ग्यास लुकाएर राख्ने नेपालगन्जका व्यवसायीलाई ५० हजार जरिवाना
barnanmedia.com · Tue Aug 11 03:35:37 GMT 2026

ग्यासको अभाव भए–नभएको अनुगमन गर्न निस्किएको बजार अनुगमन समितिले नेपालगन्ज उपमहानगरपालिका–११ त्रिभुवन चोकस्थित सदरलाइनमा रहेको एक किराना पसलमा ग्यास लुकाएर राखेको भेटिएपछि व्यवसायीलाई कारबाही गरेको छ ।
अनुगमन समितिका संयोजक तथा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङका अनुसार नेपालगन्ज–११ त्रिभुवनचोकस्थित शंकर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरले ग्यास लुकाएर उपभोक्तालाई बिक्री नगरेको पाइएपछि ५० हजार रुपियाँ जरिवाना गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)