नेपाल-भारतबीच आभूषण व्यापार सहकार्यका विषयमा छलफल
himalpress.com · Tue Jun 30 07:31:03 GMT 2026

काठमाडौँ- भारतको रत्न तथा आभूषण निर्यात प्रवर्द्धन परिषद्का इन्टरनेशनल इभेन्ट्सतर्फका असिस्टेन्ट डाइरेक्टर अजय पुरोहितले डिल्लीबजारस्थित कन्काई सुनचाँदी गहना एन्ड ज्वेलरीको अवलोकन गर्दै नेपाल-भारतबीच आभूषण व्यापार सहकार्यका विषयमा छलफल गरेका छन्।
भेटका क्रममा कन्काई ज्वेलरीका सञ्चालक तथा नेपाल रत्न तथा आभूषण महासंघका कोषाध्यक्ष गणेशप्रसाद लकान्द्रीबीच सुनचाँदी तथा आभूषणको आयातनिर्यात, अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन, प्रदर्शनीमा संयुक्त सहभागिता र व्यवसायीबीच सहकार्य विस्तारका विषयमा विचार आदानप्रदान भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)