अमेरिकी अदालतद्वारा भारतीय अर्बपति गौतम अडानीविरुद्धको आपराधिक मुद्दा खारेज
corporatenepal.com · Tue Aug 11 04:17:39 GMT 2026

न्युयोर्क । अमेरिकी न्यायाधीशले सोमबार भारतीय अर्बपति गौतम अडानीविरुद्ध लगाइएको आपराधिक आरोप खारेज गरेका छन् । यद्यपि, न्याय विभागले ठगी तथा घुसखोरीसम्बन्धी मुद्दा अघि नबढाउने निर्णय गरेकोप्रति न्यायाधीशले चिन्ता व्यक्त गरेका छन्।
न्युयोर्कको ब्रुकलिनस्थित अमेरिकी जिल्ला अदालतका न्यायाधीश निकोलस गाराफिसले संघीय अभियोजकहरूले मुद्दा खारेज गर्न गरेको दुर्लभ अनुरोध स्वीकार गर्दै अडानीविरुद्धको मुद्दा खारेज गरेका हुन् । यसअघि न्यायाधीशले अभियोजन पक्षले मुद्दा खारेज गर्न खोज्नुका कारणबारे प्रश्न गरेका थिए। विशेषगरी, सन् २०२४ को नोभेम्बरमा अडानीले अमेरिकामा १० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएका कारण मुद्दा खारेज गर्ने निर्णय प्रभावित भएको हो कि होइन भन्ने विषयमा उनले चासो राखेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)