गोरखामा ३ सातामा ३५ जनामा डेङ्गु संक्रमण
kendrabindu.com · Tue Aug 11 04:24:59 GMT 2026

गोरखा । साउन महिनामा तीन साताको अवधिमा गोरखामा ३५ जनामा डेङ्गु संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय गोरखाका अनुसार सबैभन्दा बढी गोरखा नगरपालिकामा २३ जना डेङ्गु संक्रमित भेटिएका छन् ।
आरुघाटमा ६ जना, भिमसेन थापा गाउँपालिकामा ३ जना, पालुङटार, शहिद लखन र बारपाक सुलिकोटमा १/१ जनामा डेङ्गु संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाकी सूचना अधिकारी स्मृति चौधरीले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)