पर्साबाट स्रोत नखुलेको ५२ लाख रुपैयाँसहित चार जना पक्राउ
nepallive.com · Tue Aug 11 04:32:09 GMT 2026

काठमाडौँ– पर्सा वीरगन्ज महानगरपालिका-१० आदर्श नगरबाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत, बिहार, सीतामढी जिल्ला, डुमरा थाना–६ बस्ने २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ प्रसौनी बस्ने ३२ वर्षीय उपेन्द्र साह,२६ वर्षीय सागरकुमार सर्राफ र विन्दवासिनी गाउँपालिका–१ झौवागुठी बस्ने २५ वर्षीय राहुलकुमार गुप्ता रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)