इरानबाट हत्याको धम्की आएपछि ट्रम्प गोप्य उडानमा चढेको खुलासा
rajdhanidaily.com · Tue Aug 11 04:39:32 GMT 2026
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गत महिना इरानबाट हत्याको धम्की आएपछि टर्कीबाट गोप्य रूपमा सानो विमानमा बेलायततर्फ प्रस्थान गरेको खुलासा भएको छ । उनले ठूलो एयर फोर्स वन विमान चढेको देखिए पनि त्यसबाट अलग्गिएर सानो सी–३२ए विमानमार्फत टर्की छाडेको वासिङ्टन पोस्टले सोमबार जनाएको छ ।
पोस्टसँग कुरा गरेका एक अज्ञात अमेरिकी अधिकारीका अनुसार राष्ट्रपति ट्रम्प जुलाई ८ मा अंकारामा एयर फोर्स वन विमानमा चढेका थिए । त्यसपछि उनी विमानमा जोडिएको खानपान सामग्री राख्ने कन्टेनरमा गएको र सो कन्टेनरमार्फत सानो सी–३२ए विमानसम्म पु¥याइएको थियो । सो विमानले उनलाई बेलायत पु¥याएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)