चितवनमा ८०२ घरमा प्रशासनले पुर्यायो खाना पकाउने ग्यास, बजार अनुगमन सुरु
bishowkhabar.com · Tue Aug 11 04:38:54 GMT 2026

काठमाडौं– जिल्ला प्रशासन कार्यालय चितवनले असहाय, अशक्त, अपाङ्ग, दीर्घरोगी, सुत्केरी, एकल महिला, ज्येष्ठ नागरिक र विद्यार्थीका घरमा खाना पकाउने ग्यास सिलिण्डर पुर्याउन सहजीकरण गरेको छ । गत एक सातामा प्रशासनको टोल फ्री नम्बरमा ग्यास अभावको गुनासो दर्ता गराएका ८०२ उपभोक्ताको घरमै ग्यास पुर्याइएको प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार भरतपुर, पूर्वी चितवन र पश्चिम चितवन क्षेत्रमा ग्यास वितरण गरिएको हो । ग्यास अभाव भोगिरहेका आश्रमहरूमा समेत सिलिण्डर आश्रममै पुर्याइएको उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)