जनश्रमदानबाट मर्मत हुँदै ग्रामीण सडक
onlinekhabar.com · Tue Aug 11 04:42:03 GMT 2026

२६ साउन, डोटी । डोटीको जोरायल गाउँपालिका-६ का रामबहादुर बोहरा सोमबार हातमा फाउरो बोकेर स्थानीय ग्रामीण सडकमा निस्किए । उनीसँगै निस्कियो स्थानीयवासीहरुको एक समूह । महिला-पुरुषको सहभागिता रहेको उक्त समूह वर्षाका कारण अवरुद्ध भएको सानीगाड-सेरा सडक मर्मत गर्न निस्केको थियो ।
घरघरबाटै गैटी, बेल्चा, घन, साबेल बोकेर निस्केको सो समूहले सडकको पहिरो पन्छायो । सडक खुलेसँगै सबैले ताली बजाएर खुशी मनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)