सम्झौता अनुसार काम नगर्ने ३ कम्पनी कालोसूचीमा,कहिलेसम्म केके गर्न पाउने छैनन् ?
arthasansar.com · Tue Aug 11 05:05:59 GMT 2026

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीनवटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ । कार्यालयले मंगलबार (साउन २६ गते) एक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम ती कम्पनीहरूलाई निश्चित अवधिका लागि कारोबार गर्न नपाउने गरी प्रतिबन्ध लगाइएको जानकारी दिएको हो।
कार्यालयको साउन २५ गतेको निर्णयअनुसार, नेपाल विद्युत् प्राधिकरणको सिफारिसमा भारतको हैदराबादस्थित श्रुष्थी कन्टेक प्रालिलाई सबैभन्दा लामो अवधिका लागि अर्थात् ३ वर्षसम्म कालोसूचीमा राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)