बच्चाले सिटबेल्ट लगाउन नमान्दा क्यानडामा उडान रद्द
nepalviews.com · Tue Aug 11 05:12:23 GMT 2026

एजेन्सी । क्यानडामा उडान भर्ने तयारीमा रहेको एउटा विमानमा बच्चाले सिटबेल्ट लगाउन अस्वीकार गरेपछि उडान नै रद्द गर्नु परेको घटना सार्वजनिक भएको छ ।
क्यानडाको टोरन्टोस्थित पोर्टर एयरलाइन्सका अनुसार गत बिहीबार ब्रिटिस कोलोम्बियाको भिक्टोरियाबाट टोरन्टोका लागि उड्न लागेको विमानमा एक सानो बच्चा आफ्नो सिटमा उभिएर सिटबेल्ट लगाउन मानिरहेका थिएनन्। विमानका चालक दलका सदस्यहरू र सँगै रहेका अभिभावकले सम्झाउने प्रयास गर्दा पनि बच्चा नमानेपछि उडान सुरक्षा लाई ध्यानमा राख्दै विमानलाई पुनः टर्मिनलमै फर्काइयो र उनीहरूलाई जहाजबाट हटाइयो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)