विपक्षी दलहरुले दर्ता गरे बाँदर-बँदेल नियन्त्रणबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव
kendrabindu.com · Tue Aug 11 05:20:17 GMT 2026

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि यसको दीर्घकालीन समाधानका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन माग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।
कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङ प्रस्तावक रहेको प्रस्तावको समर्थकमा एमाले सचेतक निता घतानी, नेपाली कम्युनिस्ट पार्टीका सांसद पार्वती विक र श्रम संस्कृति पार्टीका सांसद आरेन राई छन् । सोमबार दर्ता गरिएको प्रस्तावमा बाँदर र बँदेलका कारण किसानको उत्पादन, आम्दानी, खाद्य सुरक्षा र ग्रामीण जीविकोपार्जनमा असर परेको उल्लेख छ । यो समस्या अब मानव–वन्यजन्तु द्वन्द्वमा मात्र सीमित नरहेको प्रस्तावमा जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)