मागभन्दा बढी आयात हुँदा पनि किन देखियो बजारमा ग्यासको कृत्रिम अभाव ?
hamrakura.com · Tue Aug 11 00:00:00 GMT 2026
काठमाडौँ। नेपालमा खाना पकाउने एलपी ग्यासको आयात र आपूर्ति नियमितभन्दा बढी भइरहेको भए पनि बजारमा कृत्रिम अभाव देखिएको छ। नेपाल आयल निगम र ग्यास उद्योगीहरूका अनुसार दैनिक मागको तुलनामा आयात बढी भइरहेको अवस्थामा उपभोक्ताहरूले अनावश्यक रूपमा सिलिण्डर सञ्चय (होर्डिङ) गर्दा आपूर्ति प्रणालीमा समस्या उत्पन्न भएको हो।
नेपाल ग्यास उद्योग प्रा.लि.का प्रबन्ध सञ्चालक गोकुल भण्डारीका अनुसार नेपालको सामान्य मासिक खपत करिब ३५ लाख सिलिण्डर अर्थात् दैनिक १ लाख १० हजार सिलिण्डरको माग हुने गरेको छ। तर, हाल नेपाल आयल निगमले दैनिक १ लाख ३० हजार सिलिण्डर बराबरको ग्यास आयात गरिरहेको छ। नियमित खपतभन्दा दैनिक २० हजार सिलिण्डर बढी बजारमा पठाइँदा पठाइँदै पनि उपभोक्तामा देखिएको मनोवैज्ञानिक त्रास र सञ्चय गर्ने प्रवृत्तिका कारण बजार अझै सहज हुन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)