इरानी धम्कीपछि टर्कीबाट गोप्य रूपमा बेलायत पुगेका थिए ट्रम्प
hamrakura.com · Tue Aug 11 00:00:00 GMT 2026
काठमाडौँ । गत महिना इरानबाट आएको हत्याको धम्की र सुरक्षा खतराका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प टर्कीबाट गोप्य रूपमा सानो विमानमार्फत बेलायततर्फ प्रस्थान गरेको खुलासा भएको छ। ‘वासिङ्टन पोस्ट’ को रिपोर्टलाई उद्धृत गर्दै आएका विवरणहरू अनुसार राष्ट्रपति ट्रम्पले ठूलो एयर फोर्स वन विमान चढेको देखाए पनि त्यसबाट अलग्गिएर सानो ‘सी–३२ए’ विमानमार्फत टर्की छाडेका थिए।
गत जुलाई ८ मा अङ्कारामा ठूलो एयर फोर्स वनमा चढेका राष्ट्रपति ट्रम्प विमानभित्रै रहेको खानपान सामग्री राख्ने कन्टेनरमार्फत सानो विमानमा पुगेका थिए। सुरक्षाका कारण ठूला विमानमा रहेका पत्रकारहरूलाई समेत झ्यालको पर्दा बन्द गर्न लगाइएको थियो भने बेलायतमा अवतरण गर्दा उनी पुनः ठूलो विमानबाटै ओर्लेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)