मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्व
onlinekhabar.com · Tue Jun 30 07:37:56 GMT 2026

१६ असार, दमौली (तनहुँ) । तनहुँमा पछिल्लो दशकयता चितुवाको आक्रमण मानव–वन्यजन्तु द्वन्द्वको गम्भीर चुनौतीका रूपमा देखा परेको छ । विशेषगरी बालबालिका चितुवाको निशानामा पर्ने गरेका छन् । जिल्लामा हुने अधिकांश आक्रमण साँझको समयमा हुने गरेका छन् । वन क्षेत्र नजिकका बस्तीमा चितुवाको उपस्थितिसँगै स्थानीयवासी त्रसित बन्न बाध्य छन् ।
तनहुँमा साँझ ५ बजेदेखि ८ बजेसम्मको अवधिमा चितुवाको आक्रमण बढी भएको पाइएको छ । जिल्लामा नौ वर्षको अवधिमा चितुवाको आक्रमणबाट १७ जनाको मृत्यु भएको छ । उक्त घटनामध्ये २२ वटा घटना साँझ ५ बजेदेखि ८ बजेसम्मको अवधिमा भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)