अटो क्षेत्रलाई सरकारले राजस्व उठाउने माध्यम मात्र बनायो - अञ्जन श्रेष्ठ
arthasansar.com · Tue Aug 11 06:11:24 GMT 2026

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपालमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सरकारले सडक सुरक्षा र सडकको गुणस्तर सुधारमा प्राथमिकता दिनुपर्ने बताएका छन्। ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ को उद्घाटन समारोहमा बोल्दै श्रेष्ठले सवारी दुर्घटना हुँदा सवारी साधन र चालकलाई मात्रै दोष दिने प्रवृत्ति गलत भएको बताए।
उनले दुर्घटना न्यूनीकरणका लागि सडकको अवस्था, ट्राफिक व्यवस्थापन र सडक सुरक्षाका अन्य पक्षमा समेत सरकारले गम्भीरतापूर्वक काम गर्नुपर्नेमा जोड दिए। श्रेष्ठले अहिले करिब ७ हजार ट्राफिक प्रहरीमार्फत देशभरको ट्राफिक व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको भन्दै बढ्दो सवारी चापअनुसार ट्राफिक व्यवस्थापन प्रणालीलाई पनि सुधार गर्नुपर्ने बताए। उनले सडकको गुणस्तर सुधार नगरी सडक सुरक्षाको विषय समाधान नहुने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)