जलवायु अनुकूलनका लागि नेपाललाई १० मिलियन अमेरिकी डलर अनुदान [भिडियो]
hamrakura.com · Tue Jun 30 00:00:00 GMT 2026
काठमाडौँ। नेपालको अति जोखिमपूर्ण हिमाली तथा पहाडी समुदायको खाद्य प्रणालीलाई जलवायु परिवर्तनप्रति उत्थानशील बनाउन अन्तर्राष्ट्रिय अनुकूलन कोष बोर्डले नेपालका लागि १० मिलियन अमेरिकी डलर (करिब एक अर्ब ३३ करोड रुपैयाँ) बराबरको नयाँ अनुदान परियोजना स्वीकृत गरेको छ।
वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमको साझेदारीमा सञ्चालन हुने ‘समुदायमा आधारित अनुकूलनमार्फत नेपालका संकटासन्न समुदायको खाद्य प्रणाली उत्थानशीलता सुधार’ परियोजनाले सुदूरपश्चिम र कर्णाली प्रदेशका पाँच विकट जिल्लाका ६० हजारभन्दा बढी घरधुरीलाई जलवायु अनुकूलनका गतिविधिमा प्रत्यक्ष रूपमा सहभागी गराउनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)