युट्युब क्रिएटरका लागि नयाँ नियम : मोनेटाइजेसनका लागि वाच आवर दोब्बर
ictsamachar.com

काठमाडौं । युट्युबले नयाँ क्रिएटरका लागि मोनेटाइजेसनमा प्रवेश गर्न आवश्यक मापदण्ड थप कडा बनाउने भएको छ । नयाँ व्यवस्थाअनुसार क्रिएटरले विज्ञापन तथा सब्सक्रिप्सनबाट आम्दानी सुरु गर्न पछिल्लो ३६५ दिनमा कम्तीमा ८ हजार योग्य वाच आवर वा पछिल्लो ९० दिनमा २ करोड योग्य Shorts views पूरा गर्नुपर्नेछ ।
यसअघि १ हजार सब्सक्राइबरसहित पछिल्लो १२ महिनामा ४ हजार वाच आवर वा पछिल्लो ९० दिनमा १ करोड Shorts views पूरा गरेपछि मोनिटाइजेसनका लागि योग्य हुने व्यवस्था थियो । नयाँ नियम १ फेब्रुअरी २०२७ देखि लागू हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)