अलैँची रोप्न व्यस्त इलामका किसान
rajdhanidaily.com · Tue Aug 11 06:54:13 GMT 2026
इलाम । इलामको माङसेबुङ गाउँपालिका–२ पावाका युवा मिलन लिम्बूले यस पटक करिब १५ रोपनी क्षेत्रफल बारीमा अलैँचीखेती लगाए । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यसमेत रहेका ३६ वर्षीय लिम्बूले जिल्लाकै सन्दकपुर गाउँपालिकाबाट प्रतिबोट रु १४ का दरले भार्लाङ जातको तीन हजार बिरुवा खरिद गरेर रोपेका हुन् ।
अलैँचीले राम्रो मूल्य पाउन थालेपछि उनले अन्नबाली फल्ने बारी मासेर अलैँचीखेती सुरु गरेका हुन् । राजनीति र उत्पादनलाई सँगसँगै जोडेर लैजानका लागि व्यावसायिक अलैँचीखेती सुरु गरेको उनले बताए । “हामी राजनीति गर्ने मान्छेको निश्चित आम्दानीको स्रोत त चाहिन्छ, तब मात्रै राजनीतिमा टिक्न सकिन्छ”, लिम्बूले भने, “उत्पादनलाई पनि सँगसँगै जोडेर अगाडि बढ्नुपर्छ भन्ने मान्यताका साग पुख्र्योली थलोमा अलैँचीखेती लगाएको हुँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)