पुनमको मौलिक तीज गीत ‘बाबाको पियारी छोरी’ सार्वजनिक
ratopati.com · Tue Aug 11 06:51:48 GMT 2026

काठमाडौँ । नेपाली मौलिक तीज संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ गायिका पुनम बस्यालले नयाँ तीज गीत ‘बाबाको पियारी छोरी’ ल्याएकी छन् । पछिल्लो समय आधुनिकताको नाममा तीज गीतमा विकृति भित्रिरहेका बेला बस्यालले मौलिकता झल्किने सिर्जना बजारमा ल्याएकी हुन् ।
गीतले तीजको वास्तविक मर्म, माइतीको प्रेम, साथीसंगीका यादहरू र बाल्यकालका मिठा स्मृतिहरूलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ । विशेषगरी बाबु र छोरीबिचको आत्मीय सम्बन्धलाई गीतमा मार्मिक ढंगले समेटिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)