कप्तान बनेपछि सन्दीपले रोहितको प्रशंसा गर्दै भने- तिमीले टिमलाई अझै धेरै दिन बाँकी छ
nepalpress.com · Tue Aug 11 06:53:00 GMT 2026
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमको कप्तान नियुक्त भएपछिको पहिलो पोस्टमा सन्दीप लामिछानेले पूर्वकप्तान रोहितकुमार पौडेलप्रति सद्भाव दर्शाएका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले रोहितले कप्तानको रुपमा दिएको योगदानका लिग धन्यवाद दिएका हुन् ।
सन्दीपले लेखेका छन्, ‘धन्यवाद रोहित भाइ, यो टोलीका लागि तिमीले गरेका सबै कामका लागि र हरेक परिस्थितिमा हामीलाई जसरी नेतृत्व गर्यौ, त्यसका लागि । टोलीप्रतिको तिम्रो योगदान, प्रतिबद्धता र उपस्थितिको सधैं कदर हुनेछ । मलाई विश्वास छ, यो टोली र देशका लागि तिम्रो अझ धेरै योगदान आउन बाँकी नै छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)