ट्राफिक प्रहरीका लागि लक्ष्मी सनराइज बैंक र क्यापिटलको वित्तीय सचेतना कार्यक्रम
arthasansar.com · Tue Aug 11 07:03:22 GMT 2026

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वय तथा लक्ष्मी सन्राइज क्यापिटल र लक्ष्मी सन्राइज बैंकको आयोजनामा ट्राफिक प्रहरी कर्मचारीहरुका लागि पुँजी बजार साक्षरता तथा डिजिटल बैंकिङ सुरक्षा र चुनौती सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा,अहोरात्र खटिने ट्राफिक प्रहरीको दीर्घकालिन आर्थिक सुरक्षाका लागि धितोपत्र वजारका सम्यन्त्रहरु, लगानी गर्ने तरीका, फाइदाहरु, चुनौतीहरु लगायत सुरक्षित डिजिटल वित्तिय कारोवारका बारेमा समेत बिस्तृत रुपमा जानकारी गराइएको थियो ।
वक्ताहरुले सडक अनुशासन जस्तै वित्तीय अनुशासन पनि अपरिहार्य हुने उल्लेख गर्दै महिनाको सानो वचतबाट नै सुरक्षित लगानी शुरु गर्न सकिने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)