इन्धनको मूल्य घट्यो
barnanmedia.com · Tue Jun 30 07:43:15 GMT 2026

अन्तर्राष्ट्रिय बजारमा मङ्गलवार कच्चा तेलको मूल्य घटेको छ । कतारको दोहामा इरान र अमेरिकाबिच सम्भावित वार्ताप्रति लगानीकर्ताको ध्यान केन्द्रित भइरहेका बेला तेलको भाउ घटेको हो ।
चार महिनादेखि जारी द्वन्द्वबिचको अस्थायी युद्ध विराम अझै पनि तनावपूर्ण रहेकाले बजार भने सतर्क बनेको छ । अर्कोतर्फ, चीनबाट कच्चा तेलको माग अपेक्षाअनुसार नबढेको चिन्ताले पनि तेलको मूल्यमा दबाब परेको विश्लेषण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)