सुरक्षाका कारण ट्रम्पले बीच बाटोमै बदले विमान, पत्रकारलाई समेत झुक्याइयो
kendrabindu.com · Tue Aug 11 07:10:58 GMT 2026

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गत महिना इरानबाट हत्याको धम्की आएपछि टर्कीबाट गोप्यरूपमा सानो विमानमा बेलायततर्फ प्रस्थान गरेको खुलासा भएको छ। उनले ठूलो एयर फोर्स वन विमान चढेको देखिए पनि त्यसबाट अलग्गिएर सानो सी–३२ए विमानमार्फत टर्की छाड्नुभएको वासिङ्टन पोस्टले सोमबार जनाएको हो।
पोस्टसँग कुरा गरेका एक अज्ञात अमेरिकी अधिकारीका अनुसार राष्ट्रपति ट्रम्प जुलाई ८ मा अङ्कारामा एयर फोर्स वन विमानमा चढेका थिए। त्यसपछि उनी विमानमा जोडिएको खानपान सामग्री राख्ने कन्टेनरमा गएका र उक्त कन्टेनरमार्फत सानो सी–३२ए विमानसम्म पुर्याइएको थियो । सो विमानले उनलाई बेलायत पुर्याएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)