महिन्द्राको नयाँ फ्ल्यागसिप इलेक्ट्रिक एसयूभी एक्सईभी नाइन एस सार्वजनिक, मूल्य ६० लाखबाट सुरु
clickmandu.com · Tue Aug 11 07:14:35 GMT 2026

काठमाडौं । महिन्द्राले नेपाली बजारमा आफ्नो विद्युतीय गाडीको लाइनअप थप विस्तार गर्दै नाइमा मोबिलिटी एक्स्पोमा नयाँ फ्ल्यागसिप इलेक्ट्रिक एसयूभी एक्सइभी नाइन एस सार्वजनिक गरेको छ ।
यसअघि बजारमा आइसकेका बीई सिक्स र एक्सइभी नाइनईसँगै एक्सइभी नाइनएस पनि महिन्द्राले नेपालमा ल्याएको हो । महिन्द्राको नयाँ एक्सइभी नाइन एस थ्रीरो सिटिङ लेआउट भएको प्रिमियम इलेक्ट्रिक एसयूभी हो । यो कम्पनीको डेडिकेटेड इन्ङ्लो इलेक्ट्रिक प्लेटफर्ममा आधारित छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)