अमेरिकी अदालतद्वारा भारतीय अर्बपति गौतम अडानीविरुद्धको भ्रष्टाचार मुद्दा खारेज
lokaantar.com
अमेरिकाका एक न्यायाधीशले भारतीय अर्बपति उद्योगपति गौतम अडानीविरुद्ध दायर गरिएको बहुचर्चित घूस तथा भ्रष्टाचारसम्बन्धी मुद्दा खारेज गरिदिएका छन्। साथै, न्यायाधीशले यस मुद्दामा न्याय मन्त्रालयका एक वरिष्ठ अधिकारीको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै आलोचनासमेत गरेका छन्।
सन् २०२४ को नोभेम्बर महिनामा न्युयोर्कको संघीय अदालतमा गौतम अडानीसहित अन्य आठ जनामाथि घूसखोरी र धोखाधडीको आरोपमा आपराधिक अभियोग लगाइएको थियो। अडानी समूह भारतको एक विशाल कर्पोरेट घराना हो, जसको पोर्ट (बन्दरगाह), सिमेन्ट, ऊर्जा र सञ्चार माध्यमलगायत देशको अर्थतन्त्रका प्रमुख क्षेत्रहरूमा ठूलो प्रभाव रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)