ग्यास पर्याप्त, माग अस्वाभाविक
reportersnepal.com · Tue Aug 11 07:12:05 GMT 2026

सुदूरपश्चिम, २६ साउन । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै ग्यास बिक्री तथा आपूर्ति दुवै बढेको छ । धनगढीस्थित नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालयले चालु आर्थिक वर्षको साउन २४ गतेसम्म मात्रै प्रदेशमा एक लाख १५ हजार ९९० सिलिण्डर ग्यास बिक्री भइसकेको जनाएको छ ।
कार्यालय प्रमुख मनोहर डिसीले विगत दुई वर्षको तथ्याङ्कमा यस वर्षको पहिलो महिनाको २४ दिनमै बढी ग्यास आपूर्ति र बिक्री भए पनि बजारमा दबाब रहेको बताए । आव २०८१/८२ को साउन महिनाभर एक लाख १२ हजार ७७० सिलिण्डर ग्यास बिक्री भएकोमा आव २०८०/०८१ मा जानकारी दिए ९९ हजार ८४० सिलिण्डर बिक्री भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)