इन्फान्टिनोलाई फिफा अध्यक्षबाट हटाइयो भने भयानक गल्ती हुनेछ : ट्रम्प
ratopati.com · Tue Aug 11 07:18:53 GMT 2026
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई पदबाट हटाउने प्रयास भए त्यो ‘भयानक गल्ती’ हुने बताएका छन् । फिफाको विवादास्पद फिफा फर्वार्ड इन्टरप्राइज (एफएफई) योजनालाई लिएर यूईएफए, कन्काकाफ र एसियाली फुटबल महासंघ (एएफसी)ले इन्फान्टिनोमाथि प्रश्न उठाइरहेका बेला ट्रम्प उनको बचाउमा उत्रिएका बीबीसीले जनाएको छ ।
फिफा फर्वार्ड इन्टरप्राइज विश्वकपसहित फिफाले आयोजना गर्ने सबै प्रमुख प्रतियोगिताको व्यावसायिक तथा टिकट अधिकार व्यवस्थापन गर्ने उद्देश्यले स्थापना गर्न खोजिएको नयाँ कम्पनी थियो । प्रस्तावअनुसार उक्त कम्पनीको २१ प्रतिशत हिस्सा निजी लगानीकर्तालाई बिक्री गर्ने योजना थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)