ट्रुथ सोसल चलाउने ट्रम्पको कम्पनीलाई २३ करोड डलर घाटा
ratopati.com · Tue Aug 11 07:16:19 GMT 2026

वाशिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल कम्पनी ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुप (टीएमटीजी)ले चालु वर्षको अप्रिलदेखि जुनसम्मको दोस्रो त्रैमासिकमा २३ करोड ८० लाख अमेरिकी डलर घाटा व्यहोरेको छ । कम्पनीका अनुसार गत वर्षको सोही अवधिको तुलनामा यसपटकको घाटा १० गुणाभन्दा बढी हो ।
ट्रम्प मिडियाले सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ चलाउँछ । कम्पनीले सञ्चारमाध्यम व्यवसायसँगै क्रिप्टोकरेन्सी तथा अन्य क्षेत्रमा लगानी विस्तार गरेपछि पछिल्लो घाटा बढेको बताइएको छ । विशेषगरी डिजिटल मुद्राको मूल्यमा आएको कमीले कम्पनीको समग्र वित्तीय परिणाममा ठुलो असर पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)