तीन वर्षपछि जुर्मुराउँदै प्यालेस्टिनी फुटबल
ratopati.com · Tue Aug 11 07:22:15 GMT 2026
काठमाडौँ । गाजामा जारी युद्धका कारण झन्डै तीन वर्षदेखि रोकिएको प्यालेस्टिनी फुटबल पुनः सञ्चालन हुने भएको छ । प्यालेस्टिनी फुटबल संघले आगामी सेप्टेम्बर ४ देखि देशमा खेलकुद गतिविधि तथा फुटबल लिग पुनः सञ्चालन गर्ने घोषणा गरेको हो ।
संघका अध्यक्ष जिब्रिल राजौबले सोमबार रामल्लाहमा आयोजित पत्रकार सम्मेलनमा सेप्टेम्बर ४ देखि फुटबल गतिविधि सुरु हुने जानकारी दिए । ‘हामी सेप्टेम्बर ४ देखि खेलकुद गतिविधि र फुटबल संघको लिग पुनः सुरु गर्ने घोषणा गर्दछौँ,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)