अवैध नदी उत्खनन गर्नेहरू प्रहरी नियन्त्रणमा
khabarhub.com · Tue Aug 11 07:24:13 GMT 2026

मुस्ताङ – कालीगण्डकी नदीको अवैध उत्खनन गर्ने सात व्यक्ति र उनीहरूले प्रयोग गरेका सात वटा ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइएको छ ।
बिनाअनुमति अवैध रुपमा नदीजन्य प्राकृतिक स्रोत बालुवा उत्खनन गरी ओसारपोसार गरेको आरोपमा ग१त ७६५३, ग१त ७५९७, ग१त ६६५३, ध१त ११४, ग१त ६०८८ र ग१त ६९५४ नम्बरको ट्याक्टरलाई बालुवासहित जिल्ला प्रहरी कार्यालय मुस्ताङले नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)