भेला स्थगितको अपवाह फैलिएपछि कांग्रेस इतरपक्षले भन्यो : हतास मनस्थितिकाले कीर्ते गरे
himalpress.com · Tue Aug 11 07:21:37 GMT 2026

काठमाडौँ- नेता शशांक कोइरालाको कीर्ते हस्ताक्षरसहित राष्ट्रिय भेला स्थगितको सूचना प्रकाशित भएको भन्दै कांग्रेस संस्थापनइतरले आपत्ति जनाएको छ। साउन २९ देखि ३१ सम्म आयोजित भेला अर्को सूचना नआउँदासम्मका लागि स्थगित भएको ब्यहोरासहित नेता कोइरालाको हस्ताक्षरमा विज्ञप्ति सार्वजनिक भएको छ।
नेता मीन विश्वकर्माले भेला स्थगितको फर्जी विज्ञप्ति जारी भएको भन्दै आपत्ति जनाएका हुन् । कांग्रेसको आधिकारिकता सम्बन्धमा अदालतबाट मुद्दाको पुनरावलोकन आदेशपछि हतास मानसिकतामा संस्थापन पक्षबाट यस्तो गतिविधि भएको आरोप नेता विश्वकर्माको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)