विदेश जानु पर्दैन, गड्यौला मल बेचेरै वार्षिक २२ लाख आम्दानी गर्छन् सर्लाहीका सन्त
nepalpress.com · Tue Aug 11 07:21:22 GMT 2026

सर्लाही । सर्लाहीको लालबन्दीका सन्त लोप्चनले रोजगारीका लागि हुने विदेश पलायनले थिलथिलो बनाएको समाजमा सीप र मेहनतले जुनसुकै पेसा गरेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण पेस गरेका छन् । लालबन्दी नगरपालिका–२, जुटपानी निवासी ५७ वर्षीय लोप्चनले जैविक र गड्यौला मल बिक्री गरेर मनग्य आम्दानी गरिरहेका हुन् ।
चौध वर्षदेखि घरमै सञ्चालन गरेको फर्मबाट उत्पादन गरेको जैविक र गड्यौला मल बेचेर आफूले विदेशको भन्दा धेरै आम्दानी गर्न सफल भएका छन् । “मिहेनत गर्ने हिम्मत र हातमा सीप भए एक दुई लाख कमाउन विदेश जानु पर्दैन”, लोप्चनले भने । धमाधम मल प्याकिङ गरिरहनु भएको लोप्चनले किसानहरूको मागअनुसार मल दिन नसकेको बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)