एमबैंक र एनएमसी-कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि रणनीतिक साझेदारी
ictsamachar.com

काठमाडौं । नेपालको अग्रणी डिजिटल वित्तीय सेवा प्रदायक एमबैंक टेक्नोलोजिज प्रालि र एनएमसी मल्टिपर्पज को-अपरेटिभ लिमिटेड (एनएमसी-कोअप) बीच एकीकृत डिजिटल बैंकिङ, भुक्तानी तथा ऋण सेवा एउटै प्लेटफर्ममार्फत उपलब्ध गराउने उद्देश्यले रणनीतिक साझेदारी भएको छ ।
उक्त सम्झौतामा जेठ २९ गते (शुक्रबार) हस्ताक्षर भएको थियो भने सेवा साउन ७ गते (बिहीबार) देखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । देशभर ५७ सेवा केन्द्रमार्फत एक लाख ५० हजारभन्दा बढी सदस्यलाई सेवा प्रदान गर्दै आएको एनएमसी-कोअपले अब आफ्ना सदस्यलाई एमबैंकको प्लेटफर्ममार्फत थप व्यापक डिजिटल वित्तीय सेवा उपलब्ध गराउने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)